स्पोर्ट-मनोरञ्जन

Avengers: Doomsday’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं । मार्भल स्टुडियोले बहुप्रतीक्षित फिल्म ‘Avengers: Doomsday’ को दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। डिज्नीको D23 फ्यान इभेन्टमा सार्वजनिक गरिएको नयाँ ट्रेलरमा फिल्मका मुख्य खलनायक डाक्टर डुमको शक्तिशाली रूप देखाइएको छ।

ट्रेलरको सुरुवात स्यु स्टर्मले पृथ्वीका नायकहरूलाई चेतावनी दिएको दृश्यबाट हुन्छ। त्यसपछि रिड रिचर्ड्स र डाक्टर डुमबीचको भिडन्त तथा भग्नावशेषबीचका एक्सन दृश्य देखाइएको छ।

ट्रेलरमा थोरले डाक्टर डुमविरुद्ध सामना गरेको दृश्यसमेत राखिएको छ। थोरले Stormbreaker ले आक्रमण गर्दा डुमले त्यसलाई सहजै रोक्दै हरियो ऊर्जामार्फत थोरलाई पछाडि धकेलेको देखिन्छ। त्यसपछि डुमले X-Men का Sentinels समेत नियन्त्रणमा लिएको दृश्य देखाइएको छ।

फिल्ममा Avengers, Fantastic Four र Thunderbolts का पात्रहरू डाक्टर डुमको शक्तिविरुद्ध एकजुट हुनेछन्। यससँगै पुराना X-Men पात्रहरू पनि फिल्ममा देखिने भएका छन्।

फिल्ममा प्याट्रिक स्टेवार्ट प्रोफेसर चार्ल्स जेभियर, इयान म्याककेलेन म्याग्नेटो, जेम्स मार्सडेन साइक्लोप्स, केल्सी ग्रामर बिस्ट, रेबेका रोमिजन मिस्टिक, एलन कमिङ नाइटक्रलर र च्यानिङ टेटम ग्याम्बिटको भूमिकामा देखिनेछन्।

‘Avengers: Doomsday’ डिसेम्बर १८ मा हलमा प्रदर्शनमा आउनेछ।

 भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस्।

https://youtu.be/5BOvC328DHY?si=onEfraaXggsaRrLA