स्पोर्ट-मनोरञ्जन

‘गौथली’ले कमायो २५ करोडभन्दा बढी, ९ लाखभन्दा बढी टिकट बिक्री

काठमाडौँ । नेपाली चलचित्र ‘गौथली’ले घरेलु बक्स अफिसमा २५ करोड ५ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांकअनुसार चलचित्रले हालसम्म ९ लाख ९ हजार ४२६ टिकट बिक्री गरिसकेको छ।

योसँगै ‘गौथली’ नेपाली चलचित्रको घरेलु बक्स अफिसमा दोस्रो सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।

२०२६ जुलाई १७ मा प्रदर्शनमा आएको चलचित्रका निर्देशक डा. कपिल रिजाल हुन्। चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का र मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित ‘गौथली’ले परिवार, सम्बन्ध तथा सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेको छ।

चलचित्रले प्रदर्शनको क्रममा दर्शकको उल्लेख्य साथ पाउँदै निरन्तर व्यापार गरिरहेको छ।