Home » Sample Page » डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
अर्थ-स्वास्थ्य

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाली रुपैयाँसँगको विनिमयमा अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा पुगेको छ।

युरोपियन युरोको मूल्य पनि बढेको छ। एक युरोको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा कायम भएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ५५ पैसा तथा बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा छ।

स्विस फ्र्यांक एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ २४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा रहेको छ भने सिंगापुर डलरको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ९२ पैसा रहेको छ।

यता, खाडी मुलुकका मुद्रातर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा छ। कतारी रियालको खरिददर ४२ रुपैयाँ ४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २० पैसा कायम भएको छ।

नोट: खुला बजारमा विभिन्न बैंकले तोक्ने विदेशी मुद्रा विनिमयदर फरक हुन सक्नेछ।

 

 

युट्युब च्यानल

Oops, something went wrong.

RSS: Reuters World News

[wp_rss_aggregator link_before=’

  • ‘ class=”feed-link”‘ link_after=’

‘ source=”255″ limit=”10″]