प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदी भैंसेपाटीबाट पक्राउ

Post Views: 44
प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदी भैंसेपाटीबाट पक्राउ

काठमाडौं । केन्द्रीय कारागार, सुन्धाराबाट प्रदर्शनका क्रममा फरार भएका एक कैदीलाई प्रहरीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमजुङको बेँसीशहर नगरपालिका–३ का ४७ वर्षीय विक्रमबहादुर थापा रहेका छन्। उनलाई ललितपुर महानगरपालिका–२५ भैंसेपाटी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

थापा लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला २०८२ भदौ २४ गते भएको प्रदर्शनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए।

काठमाडौं जिल्ला अदालतले लागूऔषध मुद्दामा थापालाई ३ वर्ष ६ महिना कैद सजाय, १ लाख ६० हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ६ हजार ४ सय रुपैयाँ दाखिला गर्नुपर्ने फैसला गरेको थियो।

उनले हालसम्म १ वर्ष ७ महिना कैद भुक्तान गरिसकेका थिए भने अझै १ वर्ष ११ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यसैगरी, चितवन जिल्ला अदालतबाट समेत थापाविरुद्ध २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला भएको पाइएको छ।

पक्राउ परेका थापामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *