जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापा ताहचलबाट पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापा ताहचलबाट पक्राउ

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार, सुन्धाराबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० का २६ वर्षीय अनिस थापा रहेका छन्। लागूऔषध मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा, काठमाडौंमा रहेका थापा २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएका थिए।

फरार भएपछि प्रहरीले खोजी गरिरहेको थापालाई बिहीबार दिउँसो करिब २ः४५ बजे काठमाडौं महानगरपालिका–१३ ताहचलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार थापा २०८१ चैत १७ गतेदेखि लागूऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका थिए।

पक्राउ परेका थापालाई थप आवश्यक कानुनी कारबाहीका लागि केन्द्रीय कारागार, जगन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply