काठमाडौँ । नेपाली बजारमा अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा कायम भएको छ।
यस्तै, युरो एकको खरिददर १७३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा तोकिएको छ।
स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा रहेको छ। अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा कायम भएको छ।
त्यस्तै, क्यानेडियन डलर १०७ रुपैयाँ ९३ पैसा खरिद र १०८ रुपैयाँ ३५ पैसा बिक्री, सिंगापुर डलर १२० रुपैयाँ २२ पैसा खरिद र १२० रुपैयाँ ६९ पैसा बिक्री रहेको छ।
यूएई दिरामको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०४ पैसा छ भने साउदी रियालको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १३ पैसा रहेको छ।
कुवेती दिनारको खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा तथा बहराइन दिनारको खरिददर ४०७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा रहेको छ।
खुला बजारमा विभिन्न बैंकले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछ।