काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै आफूलाई दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले सामाजिक सञ्जालमार्फत कारबाहीको माग गरेपछि प्रहरीले कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।
टिकटकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानका क्रममा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक २८ वर्षीय गणेश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी ठेगाना भएका पाण्डे हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा बस्दै आएका थिए।
प्रहरीले उनलाई २०८३ असोज २० गते काठमाडौं महानगरपालिका–२६ रानीबारी चोकबाट नियन्त्रणमा लिएको जनाएको छ।
पाण्डेविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा कति रकमको कारोबार भएको थियो र अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्नेबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।