सामुदायिक वनको झाडीमा लुकाइएका ७ थान भरुवा बन्दुक बरामद

सामुदायिक वनको झाडीमा लुकाइएका ७ थान भरुवा बन्दुक बरामद

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–१ सल्लेरी सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले ७ थान भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा खटिएको गस्ती टोलीले २०८३ असोज २१ गते बिहान करिब ९ बजे वनमाराको झाडीमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार बरामद भएका सबै एकनाले भरुवा बन्दुक हुन्। तीमध्ये ५ थान सावुत अवस्थामा र २ थान बेसावुत अवस्थामा रहेका छन्।

बन्दुक कसले र कुन प्रयोजनका लागि सामुदायिक वनमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply