लेदो झरेर अवरुद्ध बीपी राजमार्गमा यातायात पुनः सञ्चालन

लेदो झरेर अवरुद्ध बीपी राजमार्गमा यातायात पुनः सञ्चालन

काभ्रे । रातभर परेको अविरल वर्षाका कारण बीपी राजमार्गको निर्माणाधीन सडकखण्डमा लेदो झरेर अवरुद्ध भएको यातायात पुनः सञ्चालनमा आएको छ।

नार्के र पिन्थलीको बीचमा, मंगलटारबाट भकुण्डेतर्फ करिब ३ किलोमिटरको दूरीमा लेदो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो।

अवरुद्ध सडक खुलाउन लेदो हटाउने काम सुरु गरिएसँगै यातायात सञ्चालनमा आएको जनाइएको छ।

वर्षाका कारण सडकमा लेदो झर्ने जोखिम रहेकाले उक्त खण्डमा यात्रा गर्ने सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिन्छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply