बाढीपहिरोको विपत्तिपछि पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाउने

बाढीपहिरोको विपत्तिपछि पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई दसैँको टीका तथा जमरा नलगाइदिने भएका छन्। देशका विभिन्न भागमा बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै उनले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन्।

निर्मल निवासस्थित संवाद सचिवालयले आइतबार जारी गरेको सूचनामार्फत यस वर्ष सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो।

सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने सयौँले ज्यान गुमाएका छन्। प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको अपूरणीय क्षति भएकाले दुःखद परिस्थितिलाई मध्यनजर गर्दै दसैँ सादगीपूर्ण रूपमा मनाउने निर्णय गरिएको सचिवालयले जनाएको छ।

पूर्वराजा शाहले आफ्नो आस्था, मान्यता र मर्यादा कायम राख्दै यस वर्षको बडादसैँ मनाउने भए पनि विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने परम्परागत कार्यक्रम भने सञ्चालन नहुने भएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply