काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक बिहानदेखि जारी रहेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा जारी बैठकमा बाढीको अवस्थाको निरन्तर निगरानी, जोखिमको विश्लेषण तथा आवश्यक प्रतिकार्यका विषयमा छलफल भइरहेको छ। बैठककै क्रममा सम्बन्धित निकायलाई आवश्यक सूचना र निर्देशनसमेत दिइँदै आएको जनाइएको छ।
बैठकमा गृह मन्त्रालय, नेपाल मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललगायत कमाण्ड पोष्टका सदस्यहरूको सहभागिता रहेको छ।
बुढीगण्डकीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा बैठक केन्द्रित रहेको छ।