सर्लाहीमा ३५ मिटर अग्लो विद्युत् पाइलनमा चढेकी महिलाको सकुशल उद्धार

सर्लाहीमा ३५ मिटर अग्लो विद्युत् पाइलनमा चढेकी महिलाको सकुशल उद्धार

सर्लाही । सर्लाहीको कबिलास–१, पिपरास्थित विद्युत् पाइलनमा चढेकी एक महिलाको सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ।

विद्युत् पाइलनमा करिब ३५ मिटर माथि चढेकी महिलालाई असोज २९ गते साँझ ७ः४५ बजे कालिध्वज गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको समन्वयमा उद्धार गरेको हो।

उद्धारका क्रममा विभिन्न सुरक्षा निकायबीच सहकार्य गरिएको थियो। महिलालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको जनाइएको छ।

महिला पाइलनमा चढ्नुको कारण र घटनाबारे थप विवरण भने सार्वजनिक भएको छैन।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply