ससुरालीमै धारिलो हतियार प्रहार, श्रीमतीसहित चार जना घाइते

ससुरालीमै धारिलो हतियार प्रहार, श्रीमतीसहित चार जना घाइते

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा ४३ वर्षीय नइन्द्रकुमार राई पक्राउ परेका छन्।

प्रहरीका अनुसार राईले आफ्नै ससुरालीमा पुगेर धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चार जना घाइते भएका हुन्।

घाइतेमध्ये हलेसी तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको र दाहिने हातमा चोट लागेको छ भने उनको अवस्था पनि गम्भीर छ।

यसैगरी, नरेन्द्र राईको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ। २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेको छ र उनको अवस्था गम्भीर रहेको जनाइएको छ।

घाइते चारै जनालाई उपचारका लागि नगर अस्पताल दुर्छिममा लगिएको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका नइन्द्रकुमार राईमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply