९.२४० ग्राम ब्राउन सुगरसहित २३ वर्षीया युवती पक्राउ

९.२४० ग्राम ब्राउन सुगरसहित २३ वर्षीया युवती पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट ९ ग्राम २४० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित एक युवती पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा स्थानीय २३ वर्षीया अस्मिता बोहोरा रहेकी छन्। आफ्नै घरमा लागूऔषधको कारोबार हुने गरेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कोठामा रहेको दराजमाथि राखिएको कालो रङको लेडिज ब्यागभित्र खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ ब्राउन सुगर जस्तो देखिएको र यसको तौल ९ ग्राम २४० मिलिग्राम रहेको बताइएको छ।

प्रहरीले लागूऔषध तौल गर्न प्रयोग हुने एक थान डिजिटल तौल मेसिनसमेत बरामद गरेको छ। बोहोरालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय चन्द्रौटा लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply