गगन थापाले आज विशेष सम्बोधन गर्ने

गगन थापाले आज विशेष सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक तथा अन्य विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आइतबार दिउँसो २ बजे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

सम्बोधनका क्रममा थापाले पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाली कांग्रेसका धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply