एनपीएलमा आज विराटनगर र लुम्बिनी भिड्दै, प्लेअफमा पुग्न विराटनगरलाई जित्नैपर्ने दबाब

एनपीएलमा आज विराटनगर र लुम्बिनी भिड्दै, प्लेअफमा पुग्न विराटनगरलाई जित्नैपर्ने दबाब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।

लिग चरणको अन्तिम खेल खेल्न लागेका दुवै टोलीका लागि आजको प्रतिस्पर्धा महत्त्वपूर्ण रहेको छ। लुम्बिनी लायन्सले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने विराटनगरलाई प्लेअफ यात्रा कायम राख्न जित्नैपर्ने दबाब छ।

लुम्बिनीले ६ खेलबाट ९ अङ्क जोडेको छ। यता विराटनगरले समान ६ खेलबाट ६ अङ्क प्राप्त गरेको छ। त्यसैले आजको खेलमा जित निकाल्दै विराटनगर प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

दुवै टोलीका लागि यो लिग चरणको अन्तिम खेल भएकाले आजको नतिजाले प्लेअफ समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्नेछ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply