स्पोर्ट-मनोरञ्जन

टंक आले स्मृति कपको उपाधि लेटाङ २ लाई

विराटनगर, १ माघ । मोरङको लेटाङ नगरपालिकामा जारी प्रथम टंक आले स्मृति कप, वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ५ ले जितेको छ । निर्धारित समयको खेलमा वार्ड ९ र वार्ड नं. २ दुबै समुहले २–२ गोल गरे पछि पेनाल्टी मार्फत वार्ड नम्बर २ विजयी भएको हो ।
लेटाङमा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगिता भनिएको सो प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र द्वितीय हुने टोलीले। २५ हजार प्राप्त गरेका थिए । नगरपालिकाका ८ वटा वडाहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल फडानी फुटबल ग्राउण्डमा भएको आयोजक क्लबका अध्यक्ष सन्तोष एक्चाईले जानकारी दिए ।