स्पोर्ट-मनोरञ्जन

दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी

मस्को, असार । विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो ।
कोरियाली खेलाडीहरुले पटक पटक पाएको निकै राम्रा मौकाहरूलाई उपयोग गर्न असफल रहे । अन्ततः स्वीडेनले आफ्ना समर्थकहरूलाई खुशी पार्न सक्षम भयो । खेलमा दुवै देशका खेलाडीहरूले निकै मेहनत गरेका थिए । रुसको निज्नी नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने छ बजेदेखि खेल सुरु भएको थियो । रुसमा भएको प्रतियोगिता अन्तर्गत सोमबार नै पौने नौ बजे बेलजियमसँग पानामाले र पौने १२ बजे ट्युनिसियासँग इङ्ल्याण्डले खेल्ने तालिका रहेको छ ।