विविध

लायन्स क्लबद्वार असाहय बालबालिकालाई सहयोग

दमक,१७ माघ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरभित्र रहेका असाहय तथा अति बिपन्न परिवार कोहि आर्थिक अभावले उपचार नपाएको तथा समस्यामा रहेको भए त्यस्ताको उद्धार गर्न नगरपालिका तयार रहेको बताएकाछन् ।
नगरपालिकाको पहलमा दूइ साताको अवघिमा तीन बालबालिकाको उद्धार तथा उपचार गरेको स्मरण गर्दै त्यस्ता बालबालिका तथा सर्वसाधरण रहे उनिहरुको साथमा नगरपालिका रहेको ओलीले बताएकाहुन् ।लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले दमक ७ की टाँउको ठूलो भएकी बालिकाको उपचारमा सहयोग जुटाउने बिषयमा गरेको लायन्सकर्मीहरुको भेलामा ओलीले यस्तो जनाएका थिए ।
क्लवका अध्यक्ष रुद्र गौतमको अध्यक्षतमा भएको कार्यक्रममा लायन्स क्लव अफ श्री अन्तुका गोपाल अग्रवालले ११ हजार, लायन्सकर्मी टंकबहादुर श्रेष्ठले ५ हजार नगरपालिकाले बनाएको कोषमा दिएकाछन् । नगर प्रमुख ओली र क्लव अध्यक्ष गौतमको रोहवरमा उक्त रकम प्रदान गरिएको थियो ।
यसभन्दा अगाडि नै लायन्स क्लव अफ माउण्ट एभरेष्टले नगरपालिकाको कोषमा क्लवको तर्फबाट ५१ हजार रुपिया सहयोग गरेको थियो । क्लवको पहलमा नै थप ११ हजार रुपिया पनि कोषमा हालेको थियो । यसैगरी ला यन्सका पूर्व डिस्ट्रिक गर्भनर भीम घिमिरेले ५ हजार १ सय र लायन्स क्लव अफ स्वीट सिटीले पनि ५ हजार १ सय रुपिया कोषमा जम्मा गर्नका लागि दिएको बताईएको छ । लायन्स क्लवका डिस्ट्रिक सेकेण्ड भाइस गभर्नर राजन खत्रीले लायन्स क्लव अफ माउण्ट एभरेष्ट र नगरपालिकाको कामको खुलेर प्रशंशा गरेका थिए ।
अढाइ बर्षिया बालिकाको नोवेल अस्पताल बिराटनगरमा टाँउको शल्यक्रिया भएको छ । मंगलवार बिहान नगर प्रमुख ओली, क्लवका अध्यक्ष गौतम, लायन्सकर्मी बुद्धिशेखर भट्टराइ र मनोज अग्रवाल गएर बालिकाको अवस्थबारे जानकारी लिदै उपचारका लागि सहयोग पनि गरेका थिए ।बालिकालाइ आइसियूबाट झिकिएको र बालिका हाँस्न तथा खेल्न थालेको खबर प्राप्त भएको लायन्सकर्मी बुद्धिशेखर भट्टराइले बताए । बालिकाको अप्रेसन सफल भएको चिकित्सकहरुले बताएको पनि जनाइएको छ ।