विविध

नेपाल–रुस विज्ञान समाजमा पूर्वमन्त्री शाह

काठमाडौँ, २२ माघ । दुई देशको विज्ञानसम्बन्धी ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले पूर्वमन्त्री गणेश शाहको अध्यक्षतामा नेपाल–रुस विज्ञान समाज गठन भएको छ । यहाँ आज आयोजित कार्यक्रममा शाहको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन भएको हो । समाजका उपाध्यक्षमा डा चिरञ्जीवी रेग्मी र महासचिवमा सुरेश भट्टराई तथा सदस्यमा सुशीला उप्रेती, डा ज्योति गिरी, डा अमिता तुलाधर र डा किशोर राजवंशी चुनिनुभएको छ । कार्यक्रममा पूर्वमन्त्री शाहले नेपाल र रुसको सम्बन्धलाई बलियो बनाउँदै विज्ञानसम्बन्धी काम बृहत् रुपमा अगाडि बढाइने बताउनुभयो । रुसी विज्ञान तथा संस्कृति केन्द्रका निर्देशक स्टानिस्लाभ सिमाकोभले दुई देशको विज्ञानको प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।