विविध

बाणिज्य संघका उम्मेद्वार खड्का प्यानलले पुराणमा गर्यो सहयोग

उदयपुर कटारी, २७  माघ  ।  कटारी स्थित उदयपुर उद्योग बाणिज्य संघका उम्मेद्वार पुस्कर खड्का प्यानलले धार्मिक पुराणलाई आर्थिक सहयोग गरेको शुक्रबार जनाएको छ ।  कटारीको खोक्सा स्थित त्रिवेणी मुलघाट धार्मिक वनमा लगाईएको शिव पुराणमा खड्का प्यानलले ५१ हजार ५ सय ५१ रुपैया सहयोग गरेका हुन ।  खड्काल प्यानलले चुनावको अघिल्लो दिन पुराण भईरहेको स्थलमा पुगेर सहयोग गरेका आयोजक राजकुमार कार्कीले बताए । उनले भने ‘कामलाघाटमा पुस्कर खड्काको सम्पूर्ण टीम नै पुगेर ५१ हजार ५ सय ५१ रूपैया सहयोग गरेको हो ।’ माघ २२ गते सोमबार देखि फागुन ३ गते सम्म संचालन हुने पुराणमा पण्डितद्धय वेद प्रकास भट्टराई र युवा पण्डित अर्जुन प्रसाद भण्डारीले कथा वाचन गरिरहेका छन ।  महाभारत कालिन प्रचिन गरिमामय इतिहास बोकेको पूर्वी नेपालको पशुपतिनाथ भनि चिनिने हलेसीको प्रवेशद्धारमा पुराण आयोजना गरिएको हो । गत साल समेत उक्त स्थानमा शिव पुराण संचालन गरिएको थियो ।
धार्मिक वन परिसरमा आयोजना गरिएको यो दोस्रो शिव पुराण हो । कमला, तावा र ककरुको संगम स्थल त्रिवेणी घाटमा आयोजना गरिएको पुराणले धार्मिक र सांस्कृतिक प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिईएको आयोजकले जनाएको छ । शिव पुराण मुल आयोजक समितिका सचिव राजकुमार कार्कीका अनुसार धार्मिक महत्व बोकेको त्रिवेणी मुलघाटको प्रबद्र्धनको लागि र धार्मिक पर्यटन विस्तार गर्नको लागि पुराणको आयोजना गरिएको हो । सचिव कार्कीले भने ‘२.७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त धार्मिक बन २०७२ सालमा जिल्ला वन कार्यालयले धार्मिक वन दर्ता अनुमति दिएको थियो ।’ फागुन ३ गते सम्म संचालन हुने महापुराणमा सहभागि भई कथा श्रवण र पुन्य कमाउनहुन आयोजक त्रिवेणी मुलघाट धार्मिक वन समूह अनुरोध गर्दछ । पुराणमा कथा श्रवण वाहेक कलश यात्रा, भजन किर्तन र आरती, झाँकी समेत हुने जनाईएको छ । -सिताराम राउत