मनोरञ्जन

डाइनामिक स्काउट क्र्यूको प्रथमवार्षिक उत्सव सम्पन्न

काठमाडौं, १६ पुस । डाइनामिक स्काउट क्र्यूको प्रथमवार्षिक उत्सव सम्पन्नभएको छ । युवा परिषद्काउपाध्यक्षमाधव ढुंगेल प्रमुखआतिथ्य र जिल्ला स्काउटका काठमाडौँका जिल्ला आयुक्त रविन दाहालको बिशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा क्र्यूको स्मारिका समेत लोकार्पण गरिएको थियो । त्यसैगरि यस वर्षको डाइनामिक हिरो रेञ्जर स्काउट मनिषा खतिवडा घोषित भएकि छन् । उनलाई हिरो अवार्ड सहितनगद पुरस्कारले सम्मानगरिएको थियो ।
डिल्लीबजार स्थित विजय स्मारक उच्चमाध्यमिक विद्ध्यालाय्को सभाहलमा आयोजित सो समारोहमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुको नेतृत्व विकाशमा स्काउटले खेलेको भूमिका प्रति प्रशंसा समेत व्यक्त गरे । त्यसैगरि काठमाडौँ जिल्ला स्काउटका जिल्ला आयुक्त रविन दाहालले डाइनामिक स्काउट क्र्यूले नेपाल स्काउट कै इतिहासमा पहिलो पटक यसरी हिरो अवार्ड घोषणा गरेर नयाँ आयाम थपेको भन्दै खुसि व्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ स्काउट लिडर हरिमोहन ज्योतिले क्र्यूले २००९ सालमा पहिलो पटक स्काउट लिडर तालिमलिने मध्येका राष्ट्र कवि माधव प्रसाद घिमिरेको सम्मानमा सर्मपित गर्दै स्मारिका प्रकासित गरेकोमा आफु अत्यन्त प्रशन्नभएको र नेपाल स्काउट केन्द्रबाटै हुनु पर्ने कार्य डाइनामिक क्र्यूले गरेकोमा बधाई समेत व्यक्त गरे ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का उपाध्यक्ष राधेश्याम लेकालीले आफु सानो छदा स्काउट भएको स्मरण गर्दै कार्यक्रममा उपस्थित हुँदा आफु अझै स्काउट नै हुँभन्ने अनुभूति भएको धारणा समेत व्यक्त गरे । स्काउट लिडर राम प्रसाद भट्टराईले स्मारिकाको समिक्षा गरेकाथिए । कार्यक्रममा नेपाल स्काउटका विभिन्नपदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । क्र्यूकाअध्यक्षश्रीवत्स वस्न्यातको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रोभर लिडर सन्तोष कुमार थापाले स्वागतमन्तव्य राखे थिएभने अर्का रोभर लिडर राजिवखत्रीले कार्यक्रम संचालन गरेकाथिए ।