स्पोर्ट-मनोरञ्जन

२०२३ क्रिकेटको महाकुम्भ भारतमा हुने : आईसिसिले जारी ग¥यो २०२३ विश्वकपको रचना, क्वालिफाइका लागि ३२ टीमहरुमा संघर्ष हुने

भारत । १३औं विश्वकपको आयोजन भारतमा हुने भएको छ । ९ फरवरी देखि शुरू भएर २६ मार्चसम्म हुने विश्वकपका शेड्यूल अन्र्तराष्ट्रिय क्रिकेट काउंसिल आईसिसिले जारी गरेको छ । यो विश्वकपमा पनि २०१९ विश्वकपको जस्तै १० टीमहरु नै भाग लिने छन् । तर विश्वकपमा क्वालिफाइकालागि भने ३२ टीमहरु एक आपसमा संघर्ष गर्ने छन् ।
२०२३ आईसीसी विश्वकपका लागि ३२ टीमहरु ६ अलग–अलग क्वालिफिकेशंस टूर्नामेन्ट्समा हिस्सा लिनेछन् । त्यसमध्य यि ३२ टीमहरु मध्य १३ टीम आईसिसि क्रिकेट विश्वकप सुपर लीग अन्र्तरगत द्विपक्षीय सीरीज खेल्नेछन् । यो सीरीज जुलाई २०२० देखि २०२२ सम्म आयोजित हुनेछन् । जसको मातहत कुल १५६ मैच खेल खेलिनेछन् । प्रत्येक टीमले यहा २४ मैच खेल्नु पर्ने छ । खेलका आधारमा टाप ८ टीम २०२३ विश्वकपका लागि सीधै क्वालिफाइ गर्नेछन् र बाँकीका अन्तिम छ स्थानमा रहेका टीमहरुले क्रिकेट विश्वकप क्वालिफायर २०२२ खेल्नु पर्ने छ । विश्वकपका लागि अरु बाँकी २ टीमको चयन आईसिसिका बाँकी इवेन्ट्स (सीरीज) का आधारमा तय हुने छ ।


आईसिसि विश्व सुपर लीगमा हिस्सालिने १३ टीहरु यस प्रकारका छन् :
भारत, आस्ट्रेलिया, इंग्लैन्ड, साउथ अफ्रीका, न्यू जीलैन्ड, पाकिस्तान, श्री लंका, वेस्ट इंडीज, अफगानिस्तान, बांग्लादेश, जिम्बाब्वे, आयरलैन्ड, नीदरलैन्ड ।

बाँकीका ७ टीम आईसिसि क्रिकेट विश्वकप लीग २ खेलेर आउने छन् । यो लीग २ जुलाई २०१९ देखि २०२१ सम्म आयोजित हुनेछन् । त्यस्तै १२६ मैच आयोजित हुनेछन् र यि लीगमा खेल्ने प्रत्येक टीमले ३६–३६ मैच खेल्ने छन् । यो लीगबाट टाप ३ टीम CWC क्वालिफायर २०२२ का लागि क्वालिफाइ गर्नेछन् । यो लीगमा तल्लो स्थानमा भएका चार टीमहरुले CWC क्वालिफायर प्ले आफ २०२२ डिमोट गरिने छ । यसमा यि टीम स्काटलैन्ड, यूएई र नेपालसँग खेल्नेछन् ।
आईसिसिले बाँकीका १२ टीमहरुलाई २ लीगमा बाँटेको छ । यो लीग आईसिसि क्रिकेट वर्ल्ड कप चैलेंज लीग A- ९अगस्त २०१९–२०२१० र आईसिसि क्रिकेट विश्वकप चैलेंज लीग B- ९अगस्त २०१९–२०२१० हुनेछन् । यो लीगमा कुल ९० खेल खेलिनेछन् जसमा प्रत्येक टीमले १५–१५ मैच खेल्न पर्ने छ । दुबै लीगका विजेता टीम CWC क्वालिफार प्ले आफ २०२२ का लागि क्वालिफाइ हुनेछन् । जुन टीमहरु WCL २१ देखि ३२ औं रैंकिंग्ससम्म हुनेछन् ती टीमहरुले यि २ लीगमा शामिल गरिने व्यावस्था रहेको छ ।-ईहेपो