समाचार

लायन्स काठमाडौं डिष्ट्रिकको ३२ लाख घटा देखियाे

Exif_JPEG_420

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्गले आफुले जिम्मेवारी बहन गरेको चार महिना २४ दिनको अवधीमा लायन्स काठमाडौं डिष्ट्रिकको दोस्रो क्याविनेट मिटिङ्ग सम्पन्न भएकाे छ । साे बैठकमा मनोभाव सहित लायन्स क्लव अफ इन्टरनेशनलको तर्फबाट लायन वर्ष १८/१९का लागि प्रस्तावित सिग्नेचर प्रोजेक्ट अन्र्तगत क्रमस भिजन, वातावरण, भोगमरी, युथ क्याम्पेनिङ्ग मधुमेह र Pediatric क्यान्सरको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हाँसिल भएको प्रधानाङ्गले बताउनु भयो ।

राजधानीमा सम्पन्न लायन्स क्लव अफ काठमाडौं डिष्ट्रिकको दोस्रो क्याविनेट मिटिङ्गलाइ सम्बोधन गर्दै गभर्नर प्रधानाङ्गले उत्तकुरा बताउनु भयो। मल्टिपल चेयर परर्सन डीआर खनालले म्याविनेट मिटिङको सफलताको कामना गर्दै छोटो अवधीमा काठमाडौं डिष्ट्रिकले हाँसिल गरेको सफलताको लागि बधाइ ज्ञापन गर्दै आगामी दिनमा पनि लायन वर्ष १८/१९ पूर्णरुपमा सफल बनाउन प्रतिवद्धरुपमा लायन मित्रहरुबाट उत्साहजनक रफ्तारमा कार्य सम्पाद हुने विस्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।

त्यस्तै कार्यक्रममा काठमाडौं डिष्ट्रिक दिपक प्रजापति, कोषाध्ष्क्ष विधान जोशीले क्रमस साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसक्रममा प्राप्त आम्दानीको तुलनामा विभिन्न शिर्षकमा खर्च भइ काठमाडौं डिष्ट्रिक अहिले ३२ लाख रुपैया घाटामा रहेको जानकारी काेषाध्यक्षकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ । साे घाटाकाे स्राेत भने उल्लेख गरिएकाे छैन ।

त्यसैगरि काठमाडौं डिष्ट्रिकको तर्फबाट दक्षिकालीमा पार्क निर्माण गर्न १ लाख ५० हजार सुस्त मनस्थितीभएका व्यक्तिहरु आश्रित ललितपुरस्थित एक संस्थालाइ रु ५०हजार रुपैया सहयोग समेत हस्तान्तरण गरिएको उक्त कार्यक्रममा कार्य मुल्याङ्कको आधारमा इन्टरनेशनल प्रमाणपत्रबाट क्रमस पिडिजी लायन रुद्रहरि ज्ञवाली ,फस्ट भाइस गभर्नर शोभा जोशी, सेकेण्ड भाइस गभर्नर डा शुशीला मल्ल् , पिडिजी लायन विजु बज्राचार्य, पिडिजी लायन मधुकरउाध्याय,क्याविनेट ट्रेजर विधान जोशी, चिफ एडभाइजर केशव पाण्डे, लायन शिव कट्वाल ,लायन सुरेन्द्र श्रेष्ठ, लम्वोडर घिमिरे, विनिता शर्मा , शंभु थापा एमजेफ लगायतलाइ सम्मानीत गरिएको थियो ।

जीएमटी लिडर लायन शम्भु घिमीरे, प्रथम भीडिजी लायन शोभा जोशी, द्वितिय भीडिजी लायन डा. शुशीला मल्ल, पिडिजी लायन विजु बज्राचार्य, सुष्मा शर्मा, मधुकरकुमार उपाध्याय लगायतले सम्बोधन गर्नुभएको थियो । साे अवसरमा ललिपुरकाे एक सरकारी स्कुलमा पठन पाठन गर्ने वालवालिकालाइ न्यानाे कपडाकाे लागि समेत दाताहरूले सहयाेग गरेका थिए । साे अवसरमा लक्ष्मि खड्काले ३० हजार नगद समेत दिनुएको थियो ।