अन्तराष्ट्रिय

२४ घण्टामा ४.१८ लाख संक्रमित, ६६३९ ले ज्यान गुमाए : अमेरिकाले जारी ग¥यो नयाँ एडभाईजरी

वॉशिंगटन । विश्वभर फेरि एकपटक कोरोनाका केसहरू बढ्न थालेका छन् । विश्वका ४ लाख १८ हजार २६८ व्यक्तिको कोरोना रिपोर्ट सोमबार सकारात्मक भएको छ । यस अवधिमा ३ लाख ७९ हजार ९४४ व्यक्तिले महामारीलाई पराजित गरे छन् भने संक्रमणको कारण ६६३९ जनाले ज्यान गुमाएका छन् ।

नेपाल, बग्लादेश, श्रीलंका, पाकिस्तानबाट भन्दा पनि भारत र भारतको बाटो भएर क्यानेडा जानेको संख्या उल्लेखनिय हुन्छ । यसलाई ध्यानमा राख्दै क्यानाडाले एक महिनाको लागि भारतको सिधा उडानमा प्रतिबन्ध लगाएको छ । कोरोनाको खतरनाक डेल्टा भेरियन्टका कारण यहाँको सरकारले यो निर्णय लिएको छ । अर्कोतर्फ, अमेरिकाले आफ्ना नागरिकहरूका लागि भारत भ्रमण सम्बन्धी नयाँ एडभाईजरी जारी गरेको छ । एजन्सी