अन्तराष्ट्रिय

पाकिस्तान आर्थिक संकटमाः प्रधानमन्त्री निवास भाडामा दिने निर्णय 

ईस्लामाबाद । प्रधानमन्त्री इमरान खानको सरकारी निवास भाडामा उपलब्ध हुने भएको छ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले इमरान खानको इस्लामाबादमा रहेको सरकारी निवास आम जनतालाई भाडामा दिने निर्णय गरेको पाकिस्तानी समाचारहरुले उल्लेख गरेको छ । अब आम मानिसहरु सांस्कृतिक, फेसन र शैक्षिक कार्यक्रम सहित अन्य कार्यक्रमहरुको लागी प्रधानमन्त्री इमरान खानको सरकारी निवास भाडामा लिन सक्ने भएका छन् ।

यसअघि अगस्त २०१९ मा जब सत्तारूढ तेहरिक–पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) सरकार गठन भएको थियो, त्यतिबेला प्रधानमन्त्री अमरान खानले सरकारी निवासलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने घोषणा गरेका थिए । यस पछि इमरानले यसलाई खाली गरेको साम टिभीको रिपोर्टले जानाएको छ ।

जब इमरान खानले २०१९ मा देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए त्यतिबेला उनी आफैंले पाकिस्तान सरकारसँग सार्वजनिक कल्याणकारी योजनाहरुमा खर्च गर्ने पैसा छैन, जबकि देशका केहि मानिसहरु हाम्रा औपनिवेशिक मालिकहरु जस्तै बाँचिरहेका छन् भनेका थिए । त्यसयता उनी आफ्नो बानी गला निवासमा बसिरहेका छन् र प्रधानमन्त्री कार्यालय मात्र प्रयोग गर्छन् ।

खान सत्तामा आएपछि पाकिस्तानको अर्थतन्त्र विगत ३ बर्षमा १९ अर्ब डलरले संकुचित भएको छ । जब इमरान प्रधानमन्त्री बने उनले देशको खर्चलाई ट्रर्याकमा ल्याउन सरकारी खर्च कटौती गर्न धेरै कठोर कदम समेत चालेका थिए । यसअघि पूर्व अर्थमन्त्री मिफ्ता इस्माइलले इमरान खान नेतृत्वको शासनले अर्थव्यवस्थासँग खेलेको टिप्पणी गरेका थिए । इमरानको सरकार आएपछि देशमा ४५ हजार अर्ब रुपैयाँ बढेको छ ।