काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको तेस्रो लहर छिट्टै शुरु हुने बताउनु भएको छ । प्रधानमन्त्रीले शनिबार एक भिडियो सन्देश जारी गर्दै महामारीसँग लड्न सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबै मिलेर कोरोना महामारीसँग लड्नुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कदा मास्क लगाउन, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गर्नु भएको छ । । उहाले खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै राजनीतिक दल, निजी क्षेत्र र गैर सरकारी संस्थाहरुलाई भिडभाड हुने गतिविधि नगर्न पनि आग्रह समेत गर्नु भएको छ। ।
Add Comment