समाचार

नेपाली कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने

काठमाडौं  । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले कांग्रेसको महाधिवेशन मिति सर्ने नेताहरुबिचमा सहमती भएको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए । कांग्रेस मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ ।

विवाद नटुंगिएको जिल्लामा अधिवेशनसमेत सुरु हुन नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति पर सार्ने सहमती भएको सहमहामन्त्री महतले बताए । यद्यपि महाधिवेशन कहिले गर्ने भनेर मिति तोकिएको छैन । महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी छलफल भइरहेको छ ।

हालसम्म ८ जिल्लामा तल्लो तहको अधिवेशन समेत हुन सकेको छैन । कांग्रेसले दसैँअघि क्रियाशिल सदस्य विवाद टुंगो लगाउने र हालसम्म अधिवेशन हुन नसकेका जिल्लामा सो अवधिमा सुरुवात गर्ने तयारी गरेको उनले बताए ।