समाचार

गणेशमान चारनाथ नगरपालिका जसपामय, सयौ जागरुक युवाहरू जसपा नेपालमा प्रवेश

धनुषा । जसपा नेपालले भाद्र १ गतेदेखि मङ्सिर मसान्तसम्म चलाईरहेको ‘संगठन सुदृढीकरण तथा जन जागरण’ (सुज) अभियान अन्तर्गत धनुषा जिल्ला, गणेशमान चारनाथ नगरपालिका, वडा न. ५ अन्तर्गत सखुबनी, टडिया र आसपासका टोलहरूबाट सयौको सङ्ख्यामा जागरुक युवाहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ्न ।

संघियता, सुशासन, समृध्दी, समाजवाद चार नीति र ‘सम्मुनत संघिय समाजवाद’ सिद्धान्त अवलम्बन गरेको जसपा नेपालमा जागरुक युवाहरुको प्रवेशले ५ न. वडासंगै गणेशमान चारनाथ नगर नै जसपामय बन्दै गइरहेको छ । कराते खेलाडी तथा स्थानीय जागरुक युवा रूपेश गौतमको अध्यक्षता शुरु भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सदस्य दिपक कार्की, विशिस्ट अतिथी संघिय परिषद सदस्य श्यामनारायण यादव रहेको थियो भने अतिथिहरुमा २ न. प्रदेश डेलिगेट ब्रहमदेव यादव, धनुषा जिल्ला सदस्यद्वय रामचलितर यादव तथा देवनाथ साह साथै अन्य अतिथीहरुमा अग्रज स्थानिय नेता केदार खड्का, गणेशमान चारनाथ नगर अध्यक्ष रामएकवाल शर्मा, जसपा ५ न. वडा अध्यक्ष बाबुराम थापा रहेका थिए ।

विभिन्न आन्दोलनमा सहिद भएका ज्ञात अज्ञात सहिद प्रती एक मिनेट मौनधारण गरि शुरु भएको जसपा पार्टी प्रवेश कार्यक्रममा सयौ जागरूक युवाहरुलाई जसपा संघिय परिषद सदस्य श्यामनारायण यादवले अबिर लगाईदिएका थिए भने केन्द्रिय सदस्य दिपक कार्कीले फुलमाला लगाएर स्वागत गर्दै जनता समाजवादी पार्टी नेपालमा पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जसपा नगर अध्यक्ष रामएकवाल शर्माले युवाहरुले सहि बाटो पहिल्याउन सके मात्र टोल, समाज र देश विकास हुने बताए ।

त्यसैगरी धनुषा जिल्ला सदस्य रमचलितर यादवले समाजमा भएको विकृती विसङ्गती विरुद्ध आवाज उठाउनु पर्ने बताए । यहि क्रममा संघिय परिषद सदस्य श्यामनारायण यादवले युवाहरु भविष्यका कर्णधार भएकाले टोल, नगर, समाज, राष्ट्र निर्माण गर्न योगदान गर्नुपर्ने बताए मन्तव्यको क्रम प्रमुख अतिथी केन्द्रिय सदस्य दिपक कार्किले पटक पटक सरकार चलाएका, देशको नेतृत्व गरेका पार्टीहरुले युवाको समस्या नबुझेको र रोजगारी दिन नसकेको साथै घरपरिवार पाल्न दैनिक १५ सयको हाराहारीमा विदेश जान वाध्य परेकोमा असन्तुष्टि व्यक्त गरे । साथै युवाहरुलाई कुलतमा नलाग्न र सहि बाटो पहिल्याउन सुझाव दिए ।

नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, भगौलिक विविधता भएकोले सबै जाती, भाषी, धर्म र भगैलिकताको सम्मान गर्न अनुरोधका साथ युवाहरुको ध्यानाकर्षण गराए । त्यसैगरी मन्तव्यकै क्रममा समाजमा भएको विकृती चिर्न बालविवाह गर्दिन र गर्न दिन्न, दाइजो लिन्न र लिन दिन्न भनी प्रतिवद्धता जाहेर गर्न अनुरोध गरे । बालबिबाह तथा दाईजो कुप्रथाले भु्रण हत्या देखि व्यक्ति हत्यासम्म हुने गरेको प्रष्ट पारेका थिए । युवाहरु संगठित रुपमा अघि बढ्न अपिलका साथ युवाहरुको सुखदुःखमा साथ रहेको विस्वास दिलानुका साथै आफ्नो प्रतिवद्धता रहेको बताए ।

त्यस्तै जसपा संघिय परिषद सदस्य रित बहादुर श्रेष्ठले अब देश प्रत्यक्ष निर्वचित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक व्यवस्थापिका संसद प्रणालीमा जानु पर्ने जोड दिएका थिए ।