समाचार

सभापतिका लागि आकांक्षी धेरैभएपछि देउवा सहित शिर्ष नेताहरु सहमति जुटाउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन समय नजिकिदै जांदा नेतृत्वका आकांक्षी धेरैभएपछि देउवा र इतर पक्षका नेता सहमति जुटाउने प्रयासमा जुटिरहेका छन् । पछिल्लो पटक संस्थापन र इतर समूहबाट सभापतिमा एकएकमात्र उम्मेदवार बनाउने प्रयास भएपनि यसको सम्भावना भने न्यून देखिको छ। वर्तमान सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा पनि नेतृत्वमा दोह¥याउनने पक्षमा लागेका छन् भने उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवारकै दौडमा छन् । त्यसैगरी पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि नेतृत्वका लागि प्रतिस्पर्धा मै छन्।

संस्थापन पक्षबाट सभापतिमा तीन जना आकांक्षी देखिएका छन् । यता नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइरालासहितका नेतामाथि नेता तथा कार्यकर्ताको पनि दबाब बढ्दै गएको छ।

यता १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । महाधिवेशन मिति नसरेमा मंसिर २१ गतेदेखि कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया जाँनेछ ।