स्पोर्ट-मनोरञ्जन

रोहितको कप्तानीमा एक खेल पनि हारेन टीम इन्डिया

दिल्ली । रोहित शर्मा भारतीय टोलीको कप्तान बने पछि भारतीय टोलीले एक खेल पनि हारेको छैन । पहिले उनीहरूले नोभेम्बर २०२१ मा टी२० शृंखलामा न्यूजिल्याण्डलाई ३–० ले हराए, त्यसपछि वेस्ट इन्डिज विरुद्धको घरेलु शृंखलामा, भारतीय टोलीले ३–०ले जित्यो । अब श्रीलंकाविरुद्ध पनि रोहितको कप्तानीमा भारतीय टोलीले तीनवटै खेल जीतेका छ । अर्थात् रोहित कप्तान बनेपछि भारतीय टोलीले ९ टी–२० खेल खेलेको छ र सबै खेल जितेको छ ।

यस क्रममा भारतीय टोलीले वेस्ट इन्डिजसँगको एकदिवसीय शृंखला पनि खेलेको थियो, जसमा पनि भारतले ३–० ले जितेको थियो । अर्थात् रोहित कप्तान बनेपछि भारतीय टोलीले अहिलेसम्म १२ अन्तर्राष्ट्रिय खेल खेलेको छ र सबै खेल जितेको छ । श्रीलंकाविरुद्धको तेस्रो खेलमा भारतीय टोलीले जित हात पारेसँगै उनले लगातार १२ टी–२० खेल जित्ने विश्व कीर्तिमानको बराबरी समेत गरेका छन् । अहिलेसम्म टी–२० क्रिकेटमा लगातार १२ जितको कीर्तिमान अफगानिस्तान टोलीको नाममा थियो ।