काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी ३९ वर्षको उमेरमा पनि प्रतिष्ठित २०२६ बालोन डी’ओरको मनोनयनमा परेका छन्।
फ्रान्स फुटबलले सार्वजनिक गरेको ३० खेलाडीको पुरुषतर्फको अन्तिम सूचीमा मेस्सीको नाम समावेश भएको हो। आठ पटक बालोन डी’ओर जितिसकेका मेस्सीले यसपटक पनि विश्व फुटबलकै प्रतिष्ठित व्यक्तिगत अवार्डका लागि दाबेदारी प्रस्तुत गरेका छन्।
मेस्सी हाल इन्टर मियामीबाट खेलिरहेका छन्। युरोपबाहिर रहेर पनि २०२६ को बालोन डी’ओरमा मनोनयनमा पर्नु उनको प्रभाव र निरन्तर उत्कृष्ट प्रदर्शनको अर्को उदाहरणका रूपमा हेरिएको छ।
२०२६ को बालोन डी’ओर अवार्ड आगामी अक्टोबर २६ मा लन्डनमा आयोजना हुँदैछ। मेस्सीसँगै ह्यारी केन, एर्लिङ हालान्ड, किलियन एम्बाप्पे, जुड बेलिङ्घम, ओस्मान डेम्बेले र लामिन यामाललगायत खेलाडी पनि मनोनयनमा छन्।
मेस्सीले यसअघि बालोन डी’ओर आठ पटक जितिसकेका छन्। यदि उनले यसपटक उपाधि जिते भने यो उनको नवौँ बालोन डी’ओर हुनेछ।








Add Comment