स्पोर्ट-मनोरञ्जन

अन्तर्राष्ट्रिय क्रिकेटमा १००१ विकेट लिएका महान लेग स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन

सिड्नी, आष्ट्रेलिया । क्रिकेटको इतिहासका लिजेण्ड अस्ट्रेलियाका लेग स्पिनर शेन वार्नको निधन भएको छ । फक्स न्यूजका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो । ५२ वर्षीय वार्न अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले टेस्ट फम्र्याटमा १४५ टेस्ट खेलमा ७०८ विकेट लिएका थिए भने एकदिवसीय खेलमा २९३ विकेट लिएका थिए ।

शेन वार्नले सन् १९९२ मा भारतविरुद्धको सिड्नी टेस्टबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । उनले आफ्नो अन्तिम टेस्ट म्याच सन् २००७ को जनवरीमा सिड्नीमा इङ्ल्यान्डविरुद्ध खेलेका थिए ।