समाचार

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने

काठमाडौं । नेपाली काँग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउने विषयमा छलफल भएको छ ।सबै प्रदेशमा गठबन्धनका पार्टीहरूको सहमतिबाटै सरकार बनाउने विषयमा छलफल भएको हो । काँग्रेसलाई सरकारमा सहभागी गराउँदा एकीकृत समाजवादीका मन्त्री फिर्ता बोलाउने विषयमा छलफल भएको दाहालले बताए ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस उपसभापति पूणर्बहादुर खड्का सहभागी थिए ।