समाचार

पाँचौं पटक शपथ लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो भारत भ्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो भारत भ्रमणमा ५० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार दिल्ली पुगेकाछन् । २०७८ मा पाँचौं पटक नेपालका प्रधानमन्त्रीको शपथ लिएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । समाचार स्रोतका अनुसार प्रधानमन्त्री देउवा भारत भ्रमणमा प्रधानमन्त्री देउवासँगै उनकी पत्नी आरजु देउवा, चारजना क्याबिनेट मन्त्री, सरकारी सचिव, वरिष्ठ अधिकारी र कुल ५० जना सहभागी हुने छन् ।

भ्रमण अघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले देउवाको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बिरोद खतिवडा, कृषि तथा पशुपन्छीमन्त्री महेन्द्र राई यादवको नाम अनुमोदन गरेको हो । मन्त्रालयका अनुसार देउवाको तीनदिने भ्रमणका सम्बन्धमा, ‘यो भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक, पुरानो र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

त्यस्तै  देउवाले प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने भएका छन् साथै विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री मोदीले दिवाभोज दिनेछन् । देउवाले नयाँ दिल्लीमा व्यवसायीसँग पनि भेट गर्नेछन् ।

यसै क्रममा नेपाल–भारत ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलमार्गको (२ अप्रेल) १९ चैत्र मा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । यो रेल सेवा बिहारको मधुबनी जिल्लाको जयनगर स्टेशनदेखि नेपालको जनकपुरको कुर्था स्टेशनसम्म हुनेछ । ६८ दशमलव ७ किलोमिटर लामो बिजलपुर–बर्दिदास रेलमार्गअन्तर्गतको जयनगर–कुर्था खण्ड भारत सरकारको ८ अर्ब ७७ करोड रुपैयाँको अनुदान सहयोगमा निर्माण हुन लागेको हो ।
देउवा नेपाल फर्किनुअघि वैशाख ३ गते वाराणसी (काशी) जाने स्रोतले जनाएको छ ।