काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाटफँट गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा नेपालले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले कुन तहमा किन दाबी गर्न लागेको हो भन्ने कुरा स्पष्टसग राख्नुपर्ने बताए । जुन पार्टीको जति शक्ति हो त्यसको आधारमा दाबी गर्नुपर्ने नेपालको भनाइ थियो ।
अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टीसग सहमति हुन नसकेमा जोसग सहमति हुन्छ त्यो पार्टीसँग चुनावी तालमेल गर्ने र कसैसग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी कार्यकर्ताहरूलाई अगाडि बढ्न पनि निर्देशन दिए । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले आफ्नो शक्तिका आधारमा दाबी गरेको पनि नेपालको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताउदै एकीकृत समाजवादीको केही अर्थ छैन भनेको प्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए ।
Add Comment