रोम । दक्षिणपन्थी नेता जर्जिया मेलोनी इटालीको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । योसँगै इटालीमा ब्रदर्स अफ इटाली पार्टीको नयाँ सरकार गठन भएको छ । जर्जिया, द्धछ, र उनको क्याबिनेट मन्त्रीहरूले शनिबार सपथ ग्रहण गरे। चार वर्षअघि मात्र ४ दशमलव १३ प्रतिशत मत पाएको मेलोनीको पार्टीले यसपटक २६ प्रतिशत मत पाएको छ ।
दोस्रो विश्वयुद्धपछि इटालीमा दक्षिणपन्थी नेताले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको यो पहिलो पटक हो । जर्जिया पार्टी इटालियन तानाशाह मुसोलिनीको समर्थक हो। आप्रवासीहरूलाई शरण नदिने र समलिङ्गीहरूलाई विरोध र अस्वीकार गर्नु जर्जियाको चुनावी एजेन्डा थियो।
को हुन् जर्जिया मेलोनी
जर्जिया मेलोनीको जन्म १५ जनवरी १९७७ मा भएको थियो । उनि एक इटालियन पत्रकार र राजनीतिज्ञ पनि हुन । दोस्रो विश्वयुद्धपछि तानाशाह बेनिटो मुसोलिनीका समर्थकहरूले आन्दोलन सुरु गरेका थिए । यसलाई इटालियन सामाजिक आन्दोलनको नाम दिइएको थियो । १५ वर्षको उमेरमा मेलोनीले आफ्नो युवा शाखामा काम गरेकि थिईन् । मेलोनीका बुबा लेखापाल थिए । रोममा जन्मेकी मेलोनी अंग्रेजी, स्पेनिश र फ्रेन्च बोल्छिन् । उनकी २००६ मा जन्मिएकि एक छोरी छन् ।
मारियो ड्राघीको इटालियन सरकार २१ जुलाई २०२२ मा पतन भयो । ड्रागीले विधेयकमा पाँच गठबन्धन साझेदारहरूको समर्थन चाहन्थे । यी दलहरूले अस्वीकार गरे । त्यसपछि जतिसक्दो चाँडो निर्वाचन गराउने निर्णय भयो । इटालीमा लामो समयसम्म सरकार नभएको रेकर्ड छ । दुईपटक महत्वपूर्ण निर्वाचन सुधार भए पनि ठूलो परिवर्तन भएन ।
मेलोनीले अगस्टमा जोगिया मेलोनीले एक बलात्कार भिडियो पोस्ट गरेकी थिईन । त्यसपछि उनी विवादमा परिन् । भिडियो पिसेन्जा सहरको थियो । जसमा एक अश्वेत व्यक्तिले युक्रेनकी एक शरणार्थी महिलालाई बलात्कार गरेका थिए ।
Add Comment