स्पोर्ट-मनोरञ्जन

विश्व च्याम्पियन अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित: पूरा टिम १११ रनमा आउट

सिड्नी । टी–२० विश्वकपको सुपर–१२ को पहिलो खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ८९ रनको ठूलो अन्तरले पराजित गरेको छ । समूह–१ को यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको किवी टोलीले २० ओभरमा तीन विकेट गुमाएर २०० रन बनाएको थियो । ओपनर डेभन कोनवेले सर्वाधिक ९२ रनको पारी खेलेका थिए । सोही क्रममा फिन एलेनले १६ बलमा ४२ रनको तुपानी पारी खेलेका थिए ।

जवाफमा अस्ट्रेलियाको इनिङ्स १७.१ ओभरमा १११ रनमा अलआउट भयो । टिम साउथी र मिच सान्टनरले ३–३ विकेट लिए । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ रन बनाए ।