बेइजिङ,चीन । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । उनले आफ्नो नयाँ टिम पनि घोषणा गरेका छन् । टोलीमा जिनपिङले सबै विपक्षीलाई हटाउँदै आफ्ना विश्वासी व्यक्तिलाई प्रवेश दिएका छन् । ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । अक्टोबर २२ मा सी जिनपिङले तत्कालीन चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई पार्टीको नेतृत्वबाट हटाका थिए । उनीसँगै थप तीन उच्च अधिकारीलाई हटाइएका थिए ।
सी जिनपिङले पोलिटब्युरोको स्थायी समितिका ७ सदस्यको नाम पनि घोषणा गरेका छन् । यसमा सी जिनपिङका साथै ली छ्याङ, झाओ लेइझी, वाङ हुनिङ, काई केई, ली सी र दिङ सुक्सियाङ पनि पर्छन् । दिङ कम्युनिष्ट पार्टीको महासचिव पदमा रहेका छन् । उनि सीका सबैभन्दा महत्त्वपूर्ण सहयोगी मध्ये एक मानिन्छन् ।
नेकपाको बैठकमा पार्टीका सदस्यहरूले नयाँ केन्द्रीय समितिको पक्षमा मतदान गरेका थिए । यसमा २०५सदस्यहरू रहेका छन्, जसमा ११ महिलाहरु छन् । यो समितिले नै पोलिटब्युरो सदस्य छनोट गर्छ । बैठक सकिएपछि केन्द्रीय समितिको बैठक बस्छ । यसमा पोलिटब्युरोका २५ र स्थायी समितिका ७ सदस्य निर्वाचित हुनेछन् ।
चीनमा वर्तमान राष्ट्रपति सी जिनपिङलाई चुनौती दिने सबै नेताहरूमाथि क्र्याक डाउन भइरहेको छ । अक्टोबर २२ मा कम्युनिष्ट पार्टीको बैठकको अन्तिम दिन देशका पूर्वराष्ट्रपति हु जिन्ताओलाई जबरजस्ती बैठक हलबाट बाहिर निकालिएका थिए । समाचार एजेन्सी रोयटर्सले जारी गरेको भिडियोमा सी जिनपिङको छेउमा बसेका हु जिन्ताओलाई दुई सुरक्षाकर्मीले कुर्सीबाट उठाएर बैठक हलबाट बाहिर निकालेका हुन् ।
Add Comment