अन्तराष्ट्रिय

ईरानमा हिजाब विरोधी युवतीहरू कुर्द लडाकुहरूसँग सैन्य प्रशिक्षण लिदै

तेहरान । इरानमा हिजाब विरोधी युवतीहरूले तानाशाही सरकार विरुद्ध आरपाको युद्ध सुरु गरेका छन् । शहरहरूमा प्रहरी र सेनाको दमनपछि धेरै हिजाब विरोधी युवतीहरू इरानको पश्चिममा अवस्थित कुर्दिस्तान पुगेका छन् । यी युवतीहरू यहाँ कुर्द लडाकुहरूसँग सैन्य प्रशिक्षण लिइरहेकी छन् ।

कुर्दिस्तान लडाकुहरू इरानी सरकारका कट्टर विरोधी हुन् । हिजाब विरोधी युवतीहरूको आगमनबाट स्तब्ध भएको इरानी सरकारले अक्टोबर ३ मा यहाँ ठूलो बम विष्फोट गरेको थियो। यस आक्रमणमा २५ कुर्द लडाकु घाइते भएको पनि बताइएको छ । उल्लेखनीय छ कि गत महिना हिजाब नलगाएको कारण मारिएकी माशा पनि कुर्द थिइन् । मानव अधिकार संगठन ह्याङ्गवेका अनुसार हरेक दिन करिब २५० हिजाब विरोधी युवतीहरू कुर्दिस्तान पुग्छन्। इरानबाट अलग कुर्दिस्तानका लागि विगत ५० वर्षदेखि सशस्त्र आन्दोलन चलिरहेको छ ।

इरानी सहर सनन्दज र सकिजका हिजाब विरोधी युवतीहरू इरानी सेनाबाट भागेर इराकको सिमानामा रहेको इरबिल पुग्छन् । १९ वर्षीया रेजान (नाम परिर्वतन)ले भनिन्, ‘करिब १० देखि १२ घण्टाको यात्रामा मेरो ज्यान नै खतरामा परेको थियो । यदि इरानी सेनाले मलाई देखेको भए मलाई गोली हानिसक्थ्ये ।

हिजाब विरोधी आन्दोलनमा भाग लिएकी २० वर्षीया सकिनाले आफूलाई प्रहरीले निर्ममतापूर्वक कुटपिट गरेको बताइन् । त्यसपछि उनले कुर्दिस्तान जाने निर्णय गरे । मैले मेरी आमालाई भने म मेरा दिदीबहिनीहरूलाई बाँच्न स्वतन्त्रता दिन्छु । यही भावना लिएर म कुर्दिस्तान आएकी हुँ । मैले इरानमा युवतीहरूलाई तानाशाही सरकारको प्रतिबन्धमा जीवन बिताएको देखेकी छु तर अब उनीहरूले छिट्टै स्वतन्त्रता पाउनेछन् ।

कुर्दिस्तान फ्रिडम पार्टीका जनरल हुसेन याजदनापानाले इरानले हिजाब विरोधी युवतीहरूलाई बर्बतामा पारेर सबै सीमा नाघेको बताए । त्यहाँबाट आएका युवतीहरू हाम्रो आन्दोलनमा सामेल भइरहेकी छन् । इरान सरकारले हाम्रा क्षेत्रमा बमबारी गरिरहेको छ । युद्ध चर्किएको छ, पछि हट्ने प्रश्न नै छैन । अब निर्णय हुनेछ ।

सियोलमा रक क्लाइम्बिङ बाउटमा हेडस्कर्फ बिना गएकी इरानी महिला एथलीट एलनाज बिहीबार संस्कृति मन्त्रालयमा उपस्थित भइन् । उनलाई स्कार्फ नलगाई खेलकुद प्रतियोगितामा भाग लिने बारे सोधिएको थियो । एलनाजका भाइलाई पनि संस्कृति मन्त्रालयले दुई दिनसम्म सोधपुछ गरेको थियो । परिवारका सदस्यहरू एलनाजलाई पक्राउ गर्न सक्ने डर छ । उनको ज्यान पनि खतरामा छ । एलनाज अक्टोबर १० देखि १६ सम्म हुने एसियन रक क्लाइम्बिङ च्याम्पियनसिपमा सहभागी हुन दक्षिण कोरिया गएकी थिइन् । रक क्लाइम्बिङ गर्दा उनले हिजाब लगाएका थिएनन् ।

इरानमा हिजाब विरुद्धको विरोधलाई दबाउन प्रहरीले नाबालिगहरूको पनि दमन गरिरहेका छन् । प्रहरीको कुटाइबाट १५ वर्षीया विद्यालय छात्रा आसरा पनाहीको मृत्यु भएको थियो । आसरा सर्वोच्च नेताको महिमामा गीत गाउन अस्वीकार गर्ने केही केटीहरूमध्ये एक थिइन् । यसअघि अक्टोबर ९ मा १६ वर्षीय अबोल्फजल अडिनेजादेहको प्रहरीले गोली हानी हत्या गरेको थियो ।