स्पोर्ट-मनोरञ्जन

अफगानिस्तानको सुपर १२ मा पहिलो पराजयः इंग्ल्याण्ड विकेटले विजयी

पर्थ । टी–२० विश्वकपको सुपर–१२ राउण्डको दोस्रो खेलमा इंग्ल्याण्ड ५ विकेटले विजयी भएको छ । इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । अफगानिस्तानको टोली १९.४ ओभरमा ११२ रनमा अलआउट भयो । इब्राहिम जाद्रानले सर्वाधिक ३२ रन बनाए । इंग्ल्याण्डका बायाँ हाते तेज बलर साम कुरनले ५ विकेट लिए । मार्क वुड र बेन स्टोक्सले २–२ को सफलता पाएका छन् । एक विकेट क्रिस वोक्सले लिए ।

एक समयमा अफगानिस्तानको स्कोर ५ विकेटमा १०९ थियो। टोलीको अन्तिम ५ विकेट ३ रनमै खसेको थियो । जवाफमा इंग्ल्यान्डले १८.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । लियाम लिभिङ्स्टनले २१ बलमा २९ रन बनाए । खेलको प्लेयर अफ द म्याच साम करन भए ।