स्पोर्ट-मनोरञ्जन

रोमाञ्चक खेलमा बंगलादेशलाई छ रनले पराजित गर्दै भारत सेमिफाइनल पुग्न लगभग पक्का

एडिलेड । टि–२० विश्वकप क्रिकेटमा बुधबार भएको महत्वपूर्ण खेलमा भारतले बंगलादेशलाई ५ रनले पराजित गरेको छ । योसँगै टीम इन्डिया सेमिफाइनलको निकै नजिक पुगेको छ । बंगलादेशका कप्तान शकिब उल हसनले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । लोकेश राहुल, विराट कोहलीको अर्धशतक र सूर्याको क्यामियो मद्दतमा भारतले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

जवाफमा बंगलादेशका ओपनर लिटन दासले उत्कृष्ट सुरुवात गरेका थिए । वर्षा सुरु हुनुअघि बंगलादेशले ७ ओभरमा ६६ रन बनाएको थियो र कुनै विकेट गुमाएको थिएन । तर, वर्षा रोकिएपछि बंगलादेशले डकवर्थ लुइस नियमअनुसार १६ ओभरमा १५१ रनको संशोधित लक्ष्य पाएको थियो । भारतीये टोलीले खेल पल्ट्यो र बंगलादेश पराजित भयो ।

आजको नतिजाले भारतीय टोली ४ खेलबाट ३ जित र १ हारसहित ६ अंकसहित समूह–२ मा पहिलो स्थानमा छ । बंगलादेश तेस्रो र दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । यो खेल जितेपछि भारतको सेमिफाइनल प्रवेश लगभग पक्का भएको छ । यो खेलपछि बंगलादेशको अन्तिम खेल पाकिस्तानसँग छ भने भारतले जिम्बावेसँग खेल्नुपर्नेछ ।