स्पोर्ट-मनोरञ्जन

बलात्कारको आरोपमा श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके सिड्नीमा प्रहरीद्वारा पक्राउ

सिड्नी, आष्ट्रेलिया । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके सिड्नीमा पक्राउ परेका छन् । उनलाई सिड्नी प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । यौन दुर्व्यवहारको आरोप लागेका श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुणातिलकेलाई स्थानीय प्रहरीले आइतबार बिहान सिड्नीको टोली होटलबाट पक्राउ गरेको छ । घटनाक्रम अनुसार गुणातिल्केलाई २९ वर्षीया युवतीसहित रोज बेस्थित घरबाट पक्राउ गरिएको हो ।

न्यु साउथ वेल्स पुलिसद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ– महिलाले ती पुरुष (दनुष्का गुनातिल्के) लाई एक अनलाइन डेटिङ एप्लिकेसन मार्फत धेरै दिनसम्म कुराकानी गरेपछि भेटिन् । महिलाले बुधबार नोभेम्बर २, २०२२ को साँझ महिलामाथि यौन दुव्र्यवहार भएको आरोप लगाएकी छिन् । कथित अपराध स्थल रोज बेको ठेगानामा पुलिसले अनुसन्धान गरेको छ। पुलिसले भन्यो, “आज (आइतबार ट नोभेम्बर २०२२) बिहान १ बजे भन्दा पहिले सिड्नीको ससेक्स स्ट्रिटमा रहेको एउटा होटेलबाट ३१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको थियो । उनलाई सिड्नी सिटी पुलिस स्टेशनमा लगियो र चारवटा यौन सम्पर्कको आरोप लगाइएको थियो । श्रीलंकाली नागरिकलाई (अडियो भिजुअल लिङ्क) मार्फत पारामाटा जमानत अदालतमा उपस्थित भएपछि जमानत अस्वीकार गरियो ।

दनुष्का गुणातिल्के बिना नै श्रीलंकाको टोली अष्ट्रेलियाबाट श्रीलंका फर्किएको छ । श्रीलंकाली टोलीका दनुष्का गुणातिलकेले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी–२० खेलिसकेका छन् । बायाँ हाते ब्याट्सम्यानले चलिरहेको टी–२० विश्वकपको पहिलो राउण्डको खेलमा नामिबियाविरुद्ध खेलेका थिए र शून्यमा आउट भएका थिए । उनी पछि चोटका कारण प्रतियोगिताबाट बाहिरिए जबकि टोली सुपर १२ चरणको लागि छनोट भयो । श्रीलंकाको टोली समूह १ मा चौथो स्थानमा रहेको थियो । न्यु साउथ वेल्स पुलिसले पनि आफ्नो वेबसाइटमा एक अज्ञात श्रीलंकाली नागरिकलाई पक्राउ गरेको उल्लेख गरेको छ ।