बेइजिङ । चीनको हुनान प्रान्तमा शनिबार राति एउटा खतरनाक सडक दुर्घटना भएको छ । जसमा १६ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् । जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको समयमा राजमार्गमा १० मिनेटभित्र ५० वटा सवारीसाधन एक आपसमा ठोक्किएको समाचारमा जनाइएको छ । जसका कारण धेरै सवारी साधनमा आगलागी भएको छ ।
सडक दुर्घटनापछि प्रहरीले एक विज्ञप्ति जारी गर्दै एक सवारीसाधनको ठक्करबाट धेरै सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको जनाएको छ । कसरी सुरु भयो र एकैपटक यति धेरै सवारीसाधन कसरी ठोक्किए भन्नेबारे अनुसन्धान भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै आकस्मिक सेवा घटनास्थलमा पुगेको थियो । घाइतेहरुलाई तत्काल अस्पताल लगिएको थियो ।
Add Comment