स्पोर्ट-मनोरञ्जन

पराजय भोगे पनि विश्व क्रिकेटमा नेपालको प्रशंसा

पल्लेकल, श्रीलंका । सोमबार श्रीलंकाको क्यान्डीमा जारी एसिसी एसिया कपमा टेस्ट राष्ट्र भारतसँग नेपालले पहिलोपटक प्रतिस्पर्धा गरेको थियो । पराजय भोगे पनि विश्व क्रिकेटका अब्बल खेलाडीले भरिएको भारतीय टोलीविरुद्ध नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे ।
भारतविरुद्ध नेपाली खेलाडीले गरेको ब्याटिङ कौशलको क्रिकेटविज्ञदेखि दर्शकसम्मले प्रशंसा गरेका छन् ।

यसअघि गत बुधबार नेपालले विश्व क्रिकेट वरीयताको नम्बर एक पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । क्रिकेटका दुई शक्तिराष्ट्रसँगको प्रतिस्पर्धाबाट नेपालले संसारभर आफूलाई चिनाउने मौका पाएको छ भने खेलाडीले अवसरसँगै अनुभव बटुलेका छन् । यी खेलसँगै नेपालले आफू क्रिकेटको उदीयमान राष्ट्र रहेको संकेत पनि गरेको छ ।