स्पोर्ट-मनोरञ्जन

श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा प्रवेश

कोलम्बो । एसिया कपको सुपर–२ राउण्डमा भएको दोस्रो खेलमा भारतीय टोलीले श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । योसँगै भारतीय टीम फाइनलमा पुगेको छ । अब भारतले श्रीलंका र पाकिस्तानबीचको खेलको विजेतासँग खेल्नेछ । तर, यसअघि भारतले बंगलादेशसँग खेल खेल्नु पर्ने छ । मंगलबार भएको खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको हो । योसँगै टीम इन्डिया एशिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

पहिले ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा २१३ रन बनाएको थियो । जवाफमा श्रीलंकाको टोली ४१.३ ओभरमा १७२ रनमा सिमित भयो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । राहुलले ३९ र किशनले ३३ रनको योगदान दिए ।

श्रीलंकाका लागि डुनिथ भेलालागेले ५ विकेट लिए भने चरिथ असालान्काले ४ विकेट लिए । श्रीलंकाको इनिङ्समा डुनिथ भेलालागेले सर्वाधिक ४२ रन बनाए । धनञ्जय डि सिल्भाले ४१ रनको योगदान दिए । भारतका लागि कुलदीप यादवले ४ विकेट लिए । जसप्रित बुमराह र रविन्द्र जडेजाले २–२ विकेट लिए ।