काठमाडौं । एकदिवसीय विश्वकप १५ दिनपछि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको १३ औं संस्करण अक्टोबर ५ बाट सुरु हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा हुनेछ । यस पटकको विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । आयोजक भारतसँगै साविक विजेता इंग्ल्याण्ड, न्यूजिल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका र नेदरल्याण्डले खेल्ने तालिका छ । यीमध्ये सात देशले पनि प्रतियोगिताका लागि आफ्नो टोली घोषणा गरेका छन् ।
सन् १९९२ को विजेता पाकिस्तानले अहिलेसम्म आफ्नो टोली घोषणा गरेको छैन । एसिया कपमा हारपछि पीसीबीमा हंगामा मच्चिएको छ । बाबर आजमको कप्तानीमा रहेको टोली सुपर–४ बाट नै बाहिरिएको थियो । यसका युवा फास्ट बलर नसिम शाह घाइते भएकाले विश्वकप खेल्ने निश्चित छैन । उनी बाहेक हरिस रउफको चोटले टोलीको चिन्ता बढाएको छ । योसँगै अलराउन्डर शादाब खानको औसत प्रदर्शनले व्यवस्थापनलाई समस्यामा पारेको छ । अब पाकिस्तानी टिमको घोषणा कहिले हुन्छ त्यो हेर्न बाँकी छ ।
त्यस्तै पाकिस्तानबाहेक अन्य दुई एसियाली टोलीले आफ्नो टोली घोषणा गरेका छैनन् । जसमा सन् १९९६ को विश्वकप जितेको श्रीलंका र बंगलादेश पनि पर्छन् । श्रीलंकाली टोलीका धेरै खेलाडी घाइते भएकाले चिन्तित छन् । यसैबीच बंगलादेशमा सन्यास र त्यसपछि कप्तान तमिम इकबालको पुनरागमनका कारण अनौठो माहौल छ । कहिले शकिब अल हसन कप्तान देखिएका छन् त कहिले लिटन दासमाथि बाजी लगाइएको छ ।
अफगानिस्तान
हशमतुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, इक्राम अलीखिल, अजमातुल्लाह उमरजाई, राशिद खान, मुजीब उर रहमान, नूर अहमद, फजलहक फारुकी, अब्दुल रहमान, नवीन उलहक।
अस्ट्रेलिया
प्याट कमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जोस इंग्लिस, सिन एबोट, एस्टन अगर, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क ।
इंग्ल्याण्ड
जोस बटलर (कप्तान), मोइन अली, गुस एट्किन्सन, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, बेन स्टोक्स, रिस टोपले, डेभिड विली, मार्क वुड, क्रिस वोक्स ।
भारत
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद शामी, अक्षर पटेल, इशान किशन, सुर्यकुमार यादव ।
नेदरल्याण्ड्स
स्कट एडवर्ड्स (कप्तान), म्याक्स ओड, बास डी लीडे, विक्रम सिंह, तेजा निदामानुरु, पल भान मिकेरेन, कोलिन एकरम्यान, रोलोफ भान डेर मर्वे, लोगान भान बेक, आर्यन दत्त, रायन क्लाइन, वेस्ली बारेसी, साकिब जुल्फिकार, शरिज अहमद, साइब्रांड एंगेलब्रेक्ट ।
न्युजिल्याण्ड
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, जेम्स निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर, ईश सोधी, टिम साउथी, विल यंग ।
दक्षिण अफ्रिका
टेम्बा बाभुमा (कप्तान), गेराल्ड कोएत्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जान्सेन, हेनरिक क्लासेन, सिसान्डा मगला, केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्टजे, कागिसो रबाडा, तबरेज शम्सेन, कागिसो रबाडा ।-ईहेराल्डपोष्ट न्यूज डेस्क
Add Comment