स्पोर्ट-मनोरञ्जन

भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा

नयाँ दिल्ली, असार १३ । इंग्ल्याण्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । भारतले एकतर्फी जित हासिल गरेको छ । कप्तान रोहित शर्माले रन बनाए । इङ्ल्यान्डलाई कुलदीप यादव र अक्षर पटेलले अलआउट गरे । गुयानाको पिच जसमा इंग्लिस ब्याटिङ गर्दै १०३ रनमा सिमित भयो ।

बटलर र बेयरस्टोजस्ता ब्याट्सम्यान कुलदीप, अक्षर र बुमराहको स्पिनमा फसे । साल्ट जस्ता विस्फोटक ब्याट्सम्यानलाई बुमराहले स्लोअरमा आउट गरे। बिहीबार भएको टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । यो खेलमा टीम इन्डियाका अलराउन्डर अक्षर पटेल म्यान अफ द म्याच चुनिए ।