स्पोर्ट-मनोरञ्जन

वडास्तरीय खेलकुद : वडाअध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगितामा २८ समूहबिच प्रतिस्पर्धा

काठमाडौँ, असार १३ । काठमाडौँ महानगरपालिकाको वडा नं. ६ ले असार १२ गतेदेखि वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ । सिद्घार्थ युनाइटेड र टिम ब्राइड होपका बिच उद्घाटन खेल भएको थियो । यसमा टीम ब्राइटले पेनाल्टीमा १ गोल गरेर सिद्धार्थ युनाइटेडलाई पराजित गरेको छ ।१५ गतेसम्म चल्ने खेलमा २८ समूह बिच प्रतिस्पर्धा भइरहेको छ । यो दोस्रो श्रृङ्खला हो । खेल उद्घाटन भएको दिन ८ वटा समूहका बिच प्रतिस्पर्धा भएको छ ।

उद्घाटन सत्रमा बोल्दै व्यवस्थापिका संसद, अर्थ समितिका सभापति सन्तोष चालिसेले, खेलकुदले युवाहरुको शक्तिलाई राष्ट्रिय पहिचान प्रवर्धनमा रुपान्तरण गर्ने बताए । यसका लागि स्थानीयले अगाडि सारेका कार्यक्रममा प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

निष्क्रियताउन्मुख सहरी जीवनशैलीलाई सक्रिय बनाउन र खेलबाट स्वस्थ्य जीवनको प्रवर्धन गर्न प्रतिस्पर्धा आयोजना गरिएको र यस्ता कार्यक्रम नियमित सञ्चालन हुने वडाध्यक्ष भुवन लामाले जानकारी दिए । स्थानीय स्तरका प्रतिस्पर्धाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान हुन्छ । यसकारण स्थानीय खेलहरुलाई महत्व दिनु पर्छ । लामाको जोड छ ।

वडा सदस्य नरेन्द्र कुमार थापा (भगवान) ले, फुटबल खेलले निराश युवाहरुलाई सकारात्मक सोच निर्माणमा सहयोग गरेको उल्लेख गरे । समाजको सन्तुलित एवं सर्वाङ्गीण विकासका लागि समावेशी र समतामूलक खेलका कार्यक्रममा आयोजना गर्ने कार्यक्रम रहेको बताउँदै वडा सचिव कमल गौत्तमले संयोजन गरेको टुसाल युवा क्लबले खेलकुद प्रति वडा एवं महानगरले राखेको चासो र सहयोग प्रति धन्यबाद दिँदै आगामी दिनमा समेत खेलकुदको विकासमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।