समाचार

महासंघको साझा चरित्र कायम राख्नुपर्ने हामी सबैको दायित्व – साझा लोकतान्त्रिक प्रगतिशील गठबन्धन

काठमाडौं असार १६ । नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । सदस्यता प्रकरणको नामाम सिर्जित भएको विवादका कारण महासंघ निर्वाचन अवरुद्धभएसंगै समग्र नेपाली पत्रकारिता जगतकै प्रतिष्ठामा आँच पुगेको छ ।

यसैक्रमममा साझा लोकतान्त्रिक प्रगतिशील गठबन्धनले आज एक ७ बुँदे विज्ञप्ति जारी गर्दै यो वा त्यो नाममा विवाद सिर्जना गर्दै महासंघको साझा चरित्रलाइ धुलिसात पार्न सक्रिय महासंघको मौजुदा केन्द्रीय नेतृत्व र प्रेस सम्वद्ध संगठनको गम्भीर ध्यानाकर्षण गराएको छ। गठबन्धनले जारी गरेको विज्ञप्तिमा महासंघको निर्वाचन सम्भावित मुठभेडको अवस्थालाई मध्यनजर गरी तत्काल सिर्जित सम्बोधन गर्दै महासंघको साझा गरिमालाइ जोगाउन सबैले आ आफ्नो तह र तप्काबाट योगदान गर्न आग्रह गरिएको छ।

त्यस्तै गठबन्धनले महासंघको साझा चरित्र कायम राख्नुपर्ने हामी सबैको दायित्व हो । यही दायित्व पूरा गर्न विगतमा महासंघको नेतृत्व गरिसकेका र साझा चरित्र स्थापित गर्न सक्ने पत्रकारहरुको अगुवाईमा महासंघको विवाद समाधान र निकासका लागि नयाँ समितिको माग गरेको छ ।

सदस्यता नविरकण ,नयाँ सदस्यता छानविन संगै क्रियाशील पत्रकारहरुको सदस्यताकोमागसंगै पत्रकार महासंघका सबै सदस्यहरु क्रियाशील र व्यवसायिक हुनुपर्ने बाध्यात्मक व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै गठबन्धनको तर्फबाट योगेन्द्र प्रताप शाही र प्रवीण कुमार चौधरी कायस्थको हस्ताक्षरमा जारी विज्ञप्तिमा राज्यद्वारा सञ्चालित पत्रकारितासँग सम्बन्धित संघ/संगठनलाई समावेशी समावेसी संरचनासहितको सम्पूर्ण क्रियाशील पत्रकारहरुलाई नेपाल पत्रकार महासंघमा अट्ने वातावरण निर्माण गर्दै नयाँ नेतृत्व चयनका लागि सहज निर्वाचनको वातावरण बनाउन माग गरिएको छ ।

साथै आज महासंघका पूर्व अध्यक्षहरुको बैठकले पनि महासंघको संगठनमा प्रवेश गरेको अवाञ्छित बहुआयामिक हस्तक्षेपप्रतिको असहमति जनाएको छ। पूर्व अध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेसहित पाँच जना पूर्व अध्यक्षको बैठक बसेको छ। उनीहरुमध्येबाट कसैले महासंघको रक्षाको लागि साझा गठबन्धनको शनिबारको भेलाले नयाँ समितिका लागि नेतृत्वको माग गरिरहेका बेला बसेको उक्त बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।